विराटनगर– वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरिएको छ । उद्योष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो ।
कवि नेवटियाले विराटनगरबाट प्रकाशन भइरहेको उत्रिकामा २० वर्षदेखि निरन्तर “लक्ष्मणको कुनो” शीर्षकमा हास्य विधाको कविता लेख्दै आएका छन् । प्रत्येक आइतबार “लक्ष्मणको कुनो” शीर्षकमा नेवटियाको कविता प्रकाशन भइरहेको एक हजार अंक पुगेको छ । सोही अवसरमा नेवटियालाई साहित्य सम्मानबाट सम्मानित गरेको हो । नेवटियालाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
कार्यक्रममा कवि नेवटियाले नेपाली, हिन्दी र मारवाडी भाषामा लेखेको पुस्तक प्रदेश प्रमुख खापुङलगायतका अतिथिहरूले विमोचन गरेका थिए । नेवटियाले नेपाली भाषामा लेखेको ‘शब्दयज्ञ’ कविता संग्रह पुस्तकको पत्रकार एवं साहित्यकार प्रमोद प्रधानले समालोचना गरेका थिए । नेवटियाले हिन्दी भाषामा लेखेको ‘अदृश्यका अन्तरदर्शन’ पुस्तकको मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं समाजसेवी सुरेशकुमार शर्माले समालोचना गरेका थिए ।
साहित्य/कला
प्रगतिशील लेखक संघको अभियान ‘टोलटोलमा साहित्य’
द नेप्लिज संवाददाताजनकपुरधाममा जानकी जन्मोत्सव सुरु, दैनिक श्रीराम कथा वाचनदेखि डोला शोभा यात्रासम्मको तयारी
द नेप्लिज संवाददाताबैसाख २६ गते विराटनगरमा दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति
द नेप्लिज संवाददाताआज अक्षय तृतीया र शिव–पार्वती विवाह महोत्सव
द नेप्लिज संवाददातारातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares