विराटनगर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीको ७६ औँ स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा उल्लेखनीय योगदान दिने सात व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको छ । पार्टी सचिवालयको सोमबारको बैठकले झापा आन्दोलनदेखि देशका विभिन्न भूगोल र पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा समर्पित व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित हुनेमा झापाका हरिचरण सिवाकोटी, कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी र सप्तरीका सत्यनारायण मण्डल छन् । यस्तै जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त सम्मान गरिनेछ ।
एमालेका वरिष्ठ नेता प्रदीप ज्ञवालीका अनुसार उनीहरूलाई आगामी ९ वैशाखमा औपचारिक कार्यक्रममार्फत सम्मान गरिनेछ । पार्टीले यो सम्मानलाई कम्युनिस्ट आन्दोलनमा समर्पित अग्रजहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares