विराटनगर– सप्तरीको सुरुंगा–७, हरिपुर रामटोलकी १८ वर्षीया दलित किशोरी पूजाकुमारी राम तीनगछियाँ भन्ने स्थानमा मृत फेला परेकी छन् । तीन वर्षअघि यौन हिंसाको प्रयासबाट बाँच्न सफल भए पनि त्यसपछि विद्यालय जान छाडेकी पूजाको मृत्युले स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ । यसले यौन हिंसाको त्रास, न्याय प्रणालीको कमजोरी र जातीय विभेदमाथि गम्भीर प्रश्न उठाएको छ ।
२०७८ मंसिर १४ मा विद्यालयबाट घर फर्किरहेकी पूजालाई स्थानीय ठाकुर थरका किशोरले बलात्कार गर्न खोजेका थिए । पूजा कराएर भाग्न सफल भइन् । प्रहरीले २० मंसिरमा ती किशोरलाई पक्राउ ग¥यो र जबर्जस्ती करणी उद्योगमा मुद्दा चलायो ।
तर अदालतले अभियुक्त नाबालक भएको भन्दै ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना मात्र तोकेको थियो । अदालतको फैसलापछि अभियुक्त फरार भएका थिए । यस घटनापछि पूजा फेरि यौन हिंसामा पर्न सक्ने त्रासले विद्यालय जान छाडेकी थिइन् ।
सोमबार राति घरबाट बेपत्ता भएकी पूजाको शव बिहान तीनगछियाँमा फेला परेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्या भएको आशंका गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाइएको छ । प्रहरीले तत्कालीन यौन हिंसामा दोषी ठहर भएका किशोरलाई पुनः पक्राउ गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले दलितहरूमाथि हुने हिंसाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समाजशास्त्रीहरुका अनुसार पूजाकुमारी रामको हत्या केवल एक व्यक्तिको मृत्यु होइन; यो न्याय प्रणालीको कमजोरी, सामाजिक विभेद र महिला सुरक्षाको गम्भीर प्रश्न हो ।
यस घटनाले दलित समुदायमाथि हुने हिंसा र विभेदको गहिरो जरा देखाएको छ । सरकार, न्याय प्रणाली र समाजले यस्ता घटनाको गम्भीरता बुझेर तत्काल र दीर्घकालीन समाधान खोज्न आवश्यक भएको उनीहरुको बुझाइ छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares