विराटनगर– मोरङ जिल्ला अदालतबाट मुद्दाकाे किनारा लाग्ने पर्खाइमा रहेका बन्दी २९ वर्षीय किसुन टुडु सतारको काेशी अस्पतालमा उपचारकाे क्रममा मंगलबार मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ का उनी जबरजस्ती करणी मुद्दाको पूर्पक्षको क्रममा माेरङ कारगारमा थिए ।
अचानक रिंगटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ मा कोशी अस्पतालमा भर्ना गरिएकाे कारागारका जेलर गौरव ढुंगेलले बताए । टुडुको उपचारको क्रममा दिउँसाे पौन दुई बजे निधन भएको थियो । टुडुलाई अदालतले गत साउन ११ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । शव कोशी अस्पतालमै राखिएको छ । परिवारका सदस्य सम्पर्कमा आए पछि जिम्मा लगाउने जेलर ढुंगेलले बताए ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares