२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

भारत–नेपाल साझेदारी सम्मेलन पूर्णियामा

द नेप्लिज संवाददाता
११ वैशाख २०८२, बिहीबार

विराटनगर– भारत, बिहारको पूर्णियास्थित विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा नेपालबाट नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको हो ।
 
संघका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा एनआईसीसीआईको टोलीले सहभागिता जनाएको छ । छिमेकीसँगका सहकार्यलाई तीव्रता विषयमा आधारित सम्मेलनको आयोजना सब–हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नयाँदिल्लीले गरेको छ । जवाहरलाल नेहरू विश्वविद्यालयका ट्रष्टी प्रा. मनिन्द्रनाथ ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्टि वक्ताहरूमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्याय, सब–हिमालयन रिसर्च इन्सटिच्यूटका अध्यक्ष प्राध्यापक रत्नेश्वर मिश्रा, नेपाल भारत सेन्टर र पिएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका सचिव अतुल ठाकुर, पूर्णिया विश्वविद्यालयका उपकुलपति प्राध्यापक पवनकुमार झा थिए ।
 
नेपाल भारत आपसी सम्बन्ध, नागरिकहरूबीचको सम्बन्ध, वातावरणीय सहकार्य र सामूहिक विपद व्यवस्थापन, आर्थिक अन्तरनिर्भरता तथा व्यापार, नेपाल भारत द्विपक्षीय सहकार्यमा तीव्रता, नेपाल–भारतको औद्योगिक विकाश प्रवद्र्धन, द्विपक्षीय व्यापार नीतिको पुनरावलोकन (१९५० को सन्धी र १९९६ को पुनरावलोकन) र सीमा क्षेत्रहरूको विकासलगायत विषयमा वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सब हिमालय रिसर्च इन्सटिच्यूट तथा विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजी र नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशबीच आपसी सम्बन्धका विविध विषयहरूमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका कोशी प्रदेशका अध्यक्ष उपाध्यायले गरेका थिए । अध्यक्ष उपाध्यायले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका थिए । 

प्रकाशित : ११ वैशाख २०८२, बिहीबार 20:11

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved