विराटनगर– एसईई परीक्षाको पहिलो दिन सर्लाही र रौतहटमा कडाइ गरिएपछि ठूलो परीक्षा अनियमितता बाहिर आएको छ। परीक्षार्थीहरूले लुकाइछिपाइ परीक्षा हलमा ल्याएका ४ सय २४ मोबाइल प्रहरीले जफत गरेको छ भने अनियमिततामा संलग्न चार परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ।
रौतहटमा चेकजाँचका क्रममा परीक्षार्थीहरूले शरीरमा लुकाएर ल्याएका ४ सय २४ थान मोबाइल फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार राय ले जानकारी दिए। अनुगमनका क्रममा यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई माध्यमिक विद्यालय झुनखुनवा परीक्षा केन्द्रमा पैसा लिएर मोबाइल भित्र्याउने परीक्षा निरीक्षक पक्राउ परेका छन् ।
यस्तै मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्रबाहिरबाट चिट पुर्याइरहेका एक जनालाई पनि नियन्त्रणमा लिइएको छ।
सर्लाहीमा चार निरीक्षक निष्कासित
सर्लाहीमा परीक्षामा अनुशासन कायम गर्न जिल्लास्तरीय अनुगमन समितिले बलरा नगरपालिका-४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयबाट निरीक्षक रामनारायण बैठा र रिंकुदेवीलाई निष्कासित गरेको छ। हरिपूर्वा नगरपालिका-५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयका निरीक्षक बाबुलाल राय र मलंगवा नगरपालिका-७ मुसैलीस्थित बौधीदेवी माध्यमिक विद्यालयका विद्यालय सहयोगी इन्द्रजीत महतो नुनियालाई पनि कारबाही गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख सुनिलकुमार कुशवाहा का अनुसार नुनिया परीक्षा हलभित्र मोबाइल र गाइड लिएर प्रवेश गर्न खोजेपछि निष्कासित गरिएको हो। परीक्षामा अनुशासन कायम राख्न आगामी दिनमा अझ कडाइ गरिने प्रशासनले जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares