रौतहट- माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षामा अनियमितता गर्ने उद्देश्यले प्रयोग गरिएका ३ सय ४० मोबाइल फोन र दुई स्मार्टवाच बरामद गरिएको छ। परीक्षाको सुव्यवस्था कायम राख्नका लागि सुरक्षाकर्मीहरूले ती उपकरण नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नियमित चेकजाँचका क्रममा परीक्षार्थीहरू मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरणको प्रयोग गरेर चिट चोर्न खोजेको भेटिएको थियो। त्यसक्रममा परीक्षामा अनियमितता हुन नदिन सुरक्षाकर्मीहरूले सतर्कता अपनाउँदै ती उपकरण जफत गरेका हुन्।
यसै क्रममा परीक्षार्थीलाई चोरी गर्न सघाएको अभियोगमा दुई जना परीक्षा केन्द्रका गार्डलाई निलम्बन गरिएको छ। उनीहरूलाई परीक्षा अवधिभरका लागि निलम्बित गरिएको प्रशासनले जनाएको छ। परीक्षा नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ।
परीक्षामा निष्पक्षता कायम राख्न शिक्षा कार्यालय र सुरक्षाकर्मीहरूले संयुक्त रूपमा थप कडाइ अपनाउने तयारी गरेका छन्। एसईई परीक्षामा हुने अनियमितता रोक्नका लागि सशक्त अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares