२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

अब सुन खरिदको सिफारिसमा शुल्क लिन नपाइने : राष्ट्र बैंकको कडाइ

द नेप्लिज संवाददाता
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौँ  — सुन खरिदका लागि दिइने सिफारिसमा अब व्यवसायीसँग शुल्क लिन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार नयाँ निर्देशन जारी गर्दै सुन व्यवसायसम्बन्धी संघ/महासंघले सिफारिस दस्तुर लिन नपाउने स्पष्ट पारेको हो।

यसअघि संघ/महासंघहरूले वाणिज्य बैंकमार्फत सुन खरिद गर्न चाहने व्यवसायीहरूसँग प्रतिकिलो ६ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको गुनासो राष्ट्र बैंकमा पुगेपछि यो व्यवस्था ल्याइएको हो।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, 'सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु/गराउनु हुन सूचना जारी गरिएको छ।'

नेपालमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउँछन्। व्यवसायीहरूले बैंकमार्फत सुन खरिद गर्न संघ वा महासंघको सिफारिस आवश्यक पर्छ। अबदेखि यो सिफारिस निशुल्क रूपमा दिनुपर्नेछ।

प्रकाशित : १६ वैशाख २०८२, मङ्गलबार 23:08

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved