विराटनगर– नक्कली सुन देखाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे–६ का ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे–४ धार्पाका ४८ वर्षीय दल बहादुर तामाङ छन् ।
एक महिनादेखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाएर र ठग्ने गिरोह देखिएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ र पिलास १ समेत बरामद गरेको छ । प्रहरी वृत्त बौद्धले यस बारेमा थप अनुसन्धान र कारबाही गरिरहेको छ ।
समाचार
वनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताब्लु डाइमण्ड शोसाइटीले ‘इलगा एसिया सम्मेलनको सन्देश’ साझा गर्दै
द नेप्लिज संवाददाताकोशी प्रदेशका चार वटा मन्त्रालयका सचिवको सरुवा
कोशी प्रदेशमा सभामुख बिष्टलाई पदबाट हटाउने योजना होला सफल ?
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares