तस्बिर सौजन्य : इसिमोड
विराटनगर– हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा लगातार घट्दै जाँदा नेपालसहित आठ देशमा खानेपानी, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्ला तीन वर्षदेखि हिन्दुकुश हिमालय क्षेत्रमा सामान्यभन्दा कम हिउँ परेको छ ।
यो क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ जहाँ विश्वको तेस्रो ठूलो हिउँ र हिमनदी भण्डार रहेको छ । इसिमोडका अनुसार हिउँको स्थायित्व दर २० वर्षकै न्यूनतम माइनस २३.६ प्रतिशतमा झरेको छ । यसले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान र म्यानमारमा प्रत्यक्ष असर पार्नेछ ।
‘लगातार हिउँको अभावका कारण १२ वटा प्रमुख नदी प्रणालीमा निर्भर करिब २ अर्ब मानिस पानीको संकटमा पर्न सक्छन्,’ रिपोर्टमा भनिएको छ । मौसमी हिउँ पग्लेर आउने पानीले यी नदीहरूमा वार्षिक जलप्रवाहको लगभग एकचौथाइ हिस्सा पु¥याउँछ । इसिमोडले मेकोङ, गङ्गा, ब्रह्मपुत्र, याङ्त्से, सलविन लगायतका नदी बेसिनमा उल्लेख्य रूपमा हिउँ घटेको जनाएको छ ।
इसिमोडका विज्ञ शेर मोहम्मदका अनुसार तीन वर्ष लगातार हिउँको गिरावट देखिएको छ, जुन निकै चिन्ताजनक हो । हरेक देशले आफ्नो नदी प्रणालीअनुसार रणनीति बनाउन ढिला गर्नु हुँदैन ।
संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले एशियालाई जलवायु प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मानेको छ । इसिमोडले प्रभावित देशहरूलाई जल व्यवस्थापन, पूर्वचेतावनी प्रणाली सुधार र क्षेत्रीय सहकार्य बढाउन आह्वान गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares