२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

इन्टरपोलको रेड नोटिसमा सुचीकृत जबरजस्ती करणीका अभियुक्त पक्राउ

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

काठमाडौँ — इन्टरपोलको रेड नोटिस सूचीमा रहेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रबिन तामाङ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोल स्थायी ठेगाना भएका तामाङ साउदी अरबबाट काठमाडौँ आइपुग्ने क्रममा इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले विमानस्थलमै पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२३ अगस्ट २१ मा रेड नोटिस जारी गरेको थियो। तामाङ जबरजस्ती करणी अभियोगमा फरार रहेका थिए।

पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।
 

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 20:46

थप समाचार

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved