अपहरण आरोपमा पक्राउ परेका भियतनामी मि हाङ किन्हालुन ।
विराटनगर– ललितपुर–१२ स्थित पाटनबाट ४ वर्षीय बालकको अपहरण आरोपमा प्रहरीले भियतनामी नागरिक २३ वर्षीय मि हाङ किन्हालुनलाई पक्राउ गरेको छ ।
जिरे भनेर चिनिने पल चेपाङ बिहीबार राति अपहरणमा परे पछि उनकी आमाले प्रहरीलाई गुहारेकी थिइन् । बन्धक बनाइएको बालकलाई कलंकीस्थित मेची गेष्ट हाउसबाट उद्धार गरिएको प्रहरीले बताएको छ । ति बालकलाई भारतको पञ्जाब लैजाने तयारी रहेको प्रहरीको सुरुवाती अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत गरिएको थियो । भियतनामको चाइवाङ सिटीका किन्हालुन २७ डिसेम्बर २०२३ मा नेपाल आएका थिए । केही दिन नेपाल बसे पछि उनी भारतको नयाँदिल्ली गएका थिए । किन्हालुन २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडक मार्ग हुँदै पुन : नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनी ठाउँ परिवर्तन गर्दै काठमाडौंको विभिन्न होटेल र होस्टेलमा बस्दै आएका थिए । उनी यहाँका गुम्बाहरुमा लामा भासा सिक्न भन्दै पुग्थे । उनको घुमफिरको गनतव्य भने ललितपुरको पाटन दरबार स्क्वायर रहेको उपत्यका अपराध अनुसन्धान शाखाले जनाएको छ ।
प्रहरीका अनुसार २५ माघको बिहान काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत बुकिङ गरेका थिए । उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।
प्राविधिक अनुसन्धान मार्फत सूचना संकलन गरी प्रहरीले गेस्टहाउसमा छापा मारेको थियो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अवस्था सामान्य देखिए पछि प्रहरीले परिवारको जिम्मा लगाएको हो ।
गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा बच्चाको दाइसँग भेट भएको भियतनामी नागरिकले बताएको छ । उनले आकर्षक खाने सामग्री दिएर बच्चाहरुलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ ।
अपहरण पछि ती बालकलाई उनले ट्याक्सीमा कलंकी लगेका थिए । पक्राउ परेकाबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares