जब जात र धर्मका विभेद हटेर
विश्व एउटा साझा फूलबारी बन्नेछ
तब हरेकले शान्तिको सास फर्नेछन्
सबैको आँखामा चम्किलो आशा भरिनेछ
मानवताको शक्तिले
हरेकको मन र मुटु जोडिनेछ ।
धर्मका नाममा लड्न नपर्ने
जातका नाममा भेदभाव नगर्नुपर्ने
हामी सबै एकै मूलका
हामी सबै एकै धर्तीका
हामी सबै एकै आकाशका
सपना र आशाका साथी हौं
भन्ने सबैले बुझ्नु जरुरी छ ।
मानव सेवा हो सबैभन्दा ठूलो धर्म
दीनदुःखी, गरिब र पीडितलाई साथ दिनु नै
विश्वकै उत्कृष्ट धर्म हो
विभाजनका भेदीहरूसँग लड्दै
समाजको साँचो चेहरा बगाउँछ
हामीसँग एउटा मात्र उद्देश्य हुनुपर्छ–
मानवताको सेवा, मानव जातिको रक्षा ।
जुन समयमा हामीले हाम्रो अस्तित्वलाई
समाजको अपार मानवता र दया मानेर
जीवनको यात्रा तय गर्छौं
त्यस दिन हामी एकअर्कामा समेटिएका
सपना र आशा हुँदै
पुग्छौं एउटै गन्तव्यमा ।
धर्म त साँचो सेवा हो
साँचो सेवामा न कुनै भेद हुन्छ
न कुनै वर्ग र जातको अन्तर
सबैले यही बुझ्नु जरुरी छ
विश्वलाई मानवताको डोरीले कसेर
सबैले एउटै स्वरमा एकताको गीत गाउनुपर्छ ।
साहित्य/कला
प्रगतिशील लेखक संघको अभियान ‘टोलटोलमा साहित्य’
द नेप्लिज संवाददाताजनकपुरधाममा जानकी जन्मोत्सव सुरु, दैनिक श्रीराम कथा वाचनदेखि डोला शोभा यात्रासम्मको तयारी
द नेप्लिज संवाददाताबैसाख २६ गते विराटनगरमा दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति
द नेप्लिज संवाददाताआज अक्षय तृतीया र शिव–पार्वती विवाह महोत्सव
द नेप्लिज संवाददातारातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares