१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

धरान–१७ की २४ वर्षीया कविता राईसहित आठ जना लुटपाटमा पक्राउ

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

विराटनगर — आफूलाई प्रहरी भन्दै डरत्रास देखाइ लुटपाट गरेको आरोपमा आठ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ–२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट–२ का २४ वर्षीय अनिष केसी, गैंडाकोट–११ हर्कपुरका २५ वर्षीय विवेक मल्ल ठकुरी (उर्फ दिप्सन), देवचुली नगरपालिका–१६ का २३ वर्षीय सन्दीप परियार, चितवन भरतपुर–१८ का २५ वर्षीय अतित क्षेत्री, भरतपुर– ११ का २४ वर्षीय सन्दीप विक, भरतपुर– १० का २२ वर्षीय बादल तामाङ, काठमाडौँ टोखा बस्ने लमजुङकी १९ वर्षीया सक्रिया खान र काठमाडौँ कपन बस्ने धरान–१७ की २४ वर्षीया कविता राई छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौँ–१४ स्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफूहरू प्रहरी भएको बताउँदै पीडितहरूलाई धम्की दिएका थिए। बोले वा कराएमा ज्यान मार्ने तथा मुद्दामा फसाइदिने धम्की दिँदै उनीहरूले पीडितको बैंक खाता र ईसेवामार्फत रकम ट्रान्सफर गराएको र नगद ३ लाख ६३ हजार रुपैयाँ लुटेको आरोप छ।

सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रुपैयाँ र लुट्मा प्रयोग भएको बागमती प्रदेश ०२–०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
 

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 20:00
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved