काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको चल–अचल सम्पत्ति सरकारद्वारा जफत गरिएको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ को फैसला अनुसार चतुर्वेदीको बैंक खातामा रहेको नगद, सेयर र जग्गा जफत गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले चतुर्वेदीलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै डेढ वर्ष कैद, १ करोड ३९ लाख रुपैयाँ जरिवाना र अवैध सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन गर्दै गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले चतुर्वेदी र उनका परिवारको नाममा रहेका सम्पत्ति सरकारको अधिनमा ल्याएको हो ।
विभागका अनुसार चतुर्वेदीको एसबीआई बैंकमा रहेको ५७ हजार ६६२ रुपैयाँ ६५ पैसा र नेपाल बैंक लिमिटेडमा रहेको ३२ हजार १२७ रुपैयाँ ३४ पैसा पनि जफत गरिएको छ । त्यस्तै उनकी पत्नी आशाको नाममा नेपाल बैंक लिमिटेड काठमाडौँमा रहेको ३९ हजार २४१ रुपैयाँ २६ पैसा र हिमालयन बैंक लिमिटेड वीरगञ्जको खातामा रहेको ७४ हजार ९६१ रुपैयाँ ३६ पैसा जफत गरिएको हो ।
छोरी अदितीको एभरेष्ट बैंक न्युरोड शाखामा रहेको १० लाख रुपैयाँ र छोरा अभिषेकको कृषि विकास बैंकको खातामा रहेको ५० हजार १०८ रुपैयाँ २४ पैसा पनि जफत गरिएको विभागले जनाएको छ । यी रकममा जम्मा भएको ब्याजसमेत सरकारको खातामा जम्मा गरिएको छ ।
यससँगै चतुर्वेदीको नेपाल मेडिकल कलेजमा रहेको ३० हजार कित्ता सेयर, शिखर पेन्ट्समा रहेको ५ हजार कित्ता सेयर र छोरा अभिषेकको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको ३० हजार कित्ता सेयर पनि जफत गरिएको हो ।
विभागले काठमाडौँ कोटेश्वरमा रहेको कित्ता नं. ६५ को २ रोपनी ९ आना १ पैसा ३ दाम र कित्ता नं. ७९१ को २ आना १ पैसा जमिनमध्ये चतुर्वेदीको भागमा पर्ने सम्पत्ति समेत सरकारको नाममा नामसारी गरिसकेको जानकारी दिएको छ ।
फैसलापछि चतुर्वेदी २०६८ भदौ २८ मा अदालतमा उपस्थित भइ ११ महिना ६ दिन जेल बसेका थिए । उनले अदालतको आदेश अनुसार १ करोड ११ लाख रुपैयाँ जरिवाना रकमसमेत बुझाएका थिए । २०७८ असोज २१ मा चतुर्वेदी काठमाडौँ–७ बुलबुलेमा मृत फेला परेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares