काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।
प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो भनाइले पार्न गएको नकारात्मक असरप्रति क्षमायाचना गरेका हुन् । उनले चैत ३ को प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय वैधानिक बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए, जसले विभिन्न वर्गमा विवाद सिर्जना गरेको थियो।
बुधबारको बैठकमा घिमिरेले उक्त अभिव्यक्ति आफ्नो व्यक्तिगत विचार मात्र भएको र नेपाली कांग्रेस तथा संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट गरे। ‘ चैत ३ को विशेष समयमा मैले व्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन। मेरो विचारले संसद् सदस्यहरू तथा आम जनसमुदायमा नकारात्मक प्रभाव परेको भए, म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ घिमिरेले भने। उनको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरू तथा सामाजिक अभियन्ताहरूले आलोचना गरेका थिए।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares