विराटनगर– नाबालिकालाई यौन व्यवसाय लगाएको आरोपमा एक स्पा सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ–२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइसकेको छ ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ की गौतम विरुद्ध पीडितले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा उनलाई उक्त स्पामा पार्लरको काम गराउने भनेर राखिएको थियो । धेरै कमाइने भनी आर्थिक प्रलोभनमा पारी स्पाभित्र जबरजस्ती यौध धन्दामा लगाएको प्रहरीले जनाएको छ ।
काठमाडौं नजिकैको एक गाउँको विपन्न परिवारकी ती बालिका जीविकोपार्जनका लागि सामान्य काम खोजीमा थिइन् । तर इच्छा विपरित शरीर बेच्ने काममा लगाए पछि आत्मसम्मानमा चोट पुगेर मानसिक तनावमा थिइन् । स्पा सञ्चालिकाको ज्यादति नरोकिए पछि पीडित बालिकाले प्रहरीलाई गुहारेको उजुरीमा उल्लेख छ ।
पीडितले मसाजका लागि आउने ग्राहकहरूमध्ये एक असल व्यक्ति मार्फत प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त स्पामा छापा मारेको थियो । रमिलालाई तत्कालै पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares