विराटनगर-- इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद प्रस्तावलाई ठाँडै अस्वीकृत गरिएको छ ।
द इकोनोमिक टाइम्सका अनुसार मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलरमा ओपनएआई खरिद गर्न चाहेको थियो ।
ओपनएआईका सीईओ स्याम अल्टम्यानले मस्कलाई धन्यवाद दिंदै उल्टै ट्विटर किन्ने प्रस्ताव गरेको छ । मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेर एक्स बनाएका थिए ।
मस्कका कानुनी सल्लाहकार मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो प्रस्ताव गरेका थियौं।
मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व ग्रहण गरेर यसलाई गैरनाफामुखी कम्पनीको रुपमा चलाउन चाहेका छन् ।
मस्कले २०१५ देखि २०१८ सम्म ओपनएआईमा करिब ४५ मिलियन डलर लगाएका छन् ।
मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरे पनि पछि नेतृत्वमा विवाद पछि मस्कले २०१८ मा ओपनएआईको सञ्चालक बोर्डबाट हटेका थिए । त्यस पछि पनि ओपनएआईको दिशा र उद्देश्यबारे मस्क र अल्टम्यानबीच घम्साघम्सी भइरहेकै छ ।
ओपनएआईका सुरुवाती लगानीकर्ता तथा सञ्चालक बोर्डका सदस्य मस्कले गत वर्ष क्यालिफोर्नियाको राज्य अदालत र संघीय अदालतमा कम्पनीविरुद्ध मुद्दा हालेका थिए ।
उनले ओपनएआईको सार्वजनिक हितका लागि सञ्चालन हुने गैरनाफामुखी अनुसन्धान प्रयोगशालाको मुख्य उद्देश्य लत्याएर नाफा कमाउन लागेको आरोप लगाएका छन् ।
गत साता पनि मस्क र ओपनएआईका कानुनी टोलीहरू क्यालिफोर्नियाको संघीय अदालतमा आमनेसामने थिए । न्यायाधीशले ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्ने आदेश दिने कि नदिने भन्नेमा छलफल समेत भएको थियो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताविश्व/प्रवास
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares