२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

जमिनमुनि भासिएको गाडी करिब ६ मिटर तल पुगेको अनुमान

द नेप्लिज संवाददाता
२४ वैशाख २०८२, बुधबार

विराटनगर — गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिनमुनि भासिएको बोलेरो गाडी करिब ६ मिटर गहिराइमा पुगेको अनुमान गरिएको छ।

खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गरी म्याग्नेटोमिटर परीक्षण र ड्रिलिङको आधारमा यस्तो प्रारम्भिक निष्कर्ष निकालेको हो। टोलीले बोलेरो गाडीको सम्भावित स्थान पहिचान गर्दै अनुसन्धानको काम अघि बढाइरहेको छ।

टोलीका भूगर्भविद् नारायण अधिकारीका अनुसार म्याग्नेटोमिटरले चुम्बकीय क्षेत्र देखाएको ठाउँमा गरिएको तीन ड्रिलिङमध्ये दुईवटामा ड्रिल रड ६ मिटर गहिराइमै अड्किएको थियो। ‘त्यही आधारमा हामीले उक्त स्थानमा गाडी हुन सक्ने अनुमान गरेका हौं,’ उनले भने।

ड्रिलिङ रड एक स्थानमा ८ मिटर गहिराइसम्म सहजै गएकामा अन्य दुई स्थानमा ६ मिटरमै रोकिएपछि त्यहाँ गाडीको अवशेष हुन सक्ने संकेत देखिएको भूगर्भविद् अधिकारीको भनाइ छ। उक्त अनुमानलाई पुष्टि गर्न अझै थप परीक्षण आवश्यक रहेको उनको स्पष्टोक्ति छ।

दोस्रा भूगर्भविद् कृष्ण पाण्डेका अनुसार प्रोटोन म्याग्नेटोमिटरले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठूलो चुम्बकीय क्षेत्र देखाएको थियो। त्यसैको आधारमा ड्रिलिङ गरिएको र खोजी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

टोलीले गाडीसँगै आसपासको भौगोलिक बनोट तथा भूमिगत जलस्रोतबारे पनि अध्ययन गरिरहेको छ। खोजी र अनुसन्धान बुधबार पनि निरन्तर जारी रहने बताइएको छ।

गत शुक्रबार ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी रोकिराखिएको अवस्थामा एक्कासी जमिनमुनि भासिएर बेपत्ता भएको थियो। यस घटनाले स्थानीयस्तरमा भौगोलिक जोखिमको गम्भीर सवाल उठाएको छ।
 

प्रकाशित : २४ वैशाख २०८२, बुधबार 11:44

थप समाचार

समाचार

पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार

द नेप्लिज संवाददाता

सरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा

द नेप्लिज संवाददाता

जेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै

द नेप्लिज संवाददाता

भाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन

द नेप्लिज संवाददाता

महासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग

द नेप्लिज संवाददाता

शिक्षा/प्रविधि

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved