विराटनगर– झापा, मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का २४ बर्षीय राजन राईलाई इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल २०० क्याप्सुल र स्पासरेष्ट १६० ट्याब्लेटसहित उनकै घरबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे १ का २० बर्षीय आकाश कँडेललाई ट्रमाडोल र स्पासपेन गरी जम्मा १४० चक्कीसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको दमक नगरपालिका ६ बाट इलाका प्रहरी कार्यालय दमकले जाँच गर्ने क्रममा प्र–१–०१–००२ह ६६०५ नम्बरको सिटी सफारी चालक सुनसरी हरीनगरा गाउँपालिका घर भई हाल कमल गाउँपालिका ६ मा बस्दै आऐका २६ वर्षीय राम कुमार महतो र सफारीमा सवार दमक १ का १९ वर्षीय बिधान तामाङलाई ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ७० चक्कीसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका ६ बाट स्थानीय १९ वर्षीय सन्जिब राई र १८ वर्षीय अनिल राईलाई ट्रामाडोल ८९ क्याप्सुल र स्पास्पेन ८९ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares