काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका लागू गर्दै सूचीकरण अनिवार्य गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सामाजिक सञ्जाल सञ्चालन गरिरहेका वा सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरूले ३० दिनभित्र मन्त्रालयमा सूचीकरण गर्नुपर्ने जनाएको छ ।
सूचीकरणका लागि निर्देशिका, २०८० को अनुसूची–१ अनुसार तोकिएको ढाँचामा आवश्यक कागजातहरू संलग्न गरी निवेदन दिनुपर्नेछ । साथै नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्व–नियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा उल्लेख छ ।
मन्त्रालयका अनुसार हालसम्म भाइबर मिडिया एस.ए.आर.एल, टिकटक प्रालि र सारांश मिडिया प्रालि (वीटोक) मात्र सूचीकरण भएका छन् । मन्त्रालयले अन्य सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशिका, २०८० अनुरूप अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको छ ।
तोकेको समयभित्र सूचीकरण नगरिएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र सञ्चालनमा रोक लगाइने चेतावनी समेत मन्त्रालयले दिएको छ । निर्देशिकाको दफा ३ को उपदफा (७) अनुसार सरकारले आवश्यक कारबाही गर्न सक्ने जानकारी समेत दिइएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा कार्यालय स्थापना गर्नुपर्ने वा सम्पर्क व्यक्ति नियुक्त गर्नुपर्ने, प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षामा ध्यान दिनुपर्ने र आपत्तिजनक सामग्रीको निगरानी तथा हटाउने व्यवस्था गर्नुपर्ने प्रावधानहरू निर्देशिकामा समावेश छन् । मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तोकिएको समयसीमाभित्र यी प्रावधानहरू पूरा गर्न आग्रह गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares