विराटनगर– दिपक मनाङे भनेर चिनिएका राजिव गुरूङले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन् ।
मनाङले १२ फागुनमा मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए । निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश भएको उक्त अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने प्रावधान छ । ’अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएको भन्दै मनाङेले कारागारमार्फत नै निवेदन दिएका थिए,’ उनले भने ।
उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । चक्रे मिलन भनिएका मिलन गुरूङको हात छिन्ने गरी तरबार प्रहार गरेको अभियोगमा २० वर्ष पछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो । उनले यसअघि २ वर्ष ८ महिना जेल बसिसकेका थिए । उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो । उनले त्यसमा पनि २० प्रतिशत छुट पाउने भएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares