विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रलाई अस्वीकार्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । गुरागाईंलाई निरन्तर दिन मन्त्रालयले उक्त महानगरपालिकासँग पत्राचार गरेको थियो ।
गुरागाईंले बुधबार उक्त मन्त्रालयलमा काम गर्ने माहोल बनाइदिन अनुरोधका साथ पत्र लेखेका थिए । ‘मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन विषयमा त्रूटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा उक्त परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट हुनेछ,’ महानगरले मन्त्रालयलाई लेखेको पत्रमा छ ।
मन्त्रालयले महानगरलाई यस अघिकै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्ने वातावरण बनाउन पत्र काटेको थियो । जवाफमा महानगरले गुरागाईंलाई जिम्मेवारी दिन नसकिने बरू निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन आग्रह गरेको छ ।
’स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिइ कार्यालय सञ्चालनमा सहयोग गर्न सकिन्छ,’जवाफमा भनिएको छ । महानगरले प्रमुख प्रशासकीय अधिकृतमा पुनः गुरागाईंलाई नै हाजिर गराए काठमाडौं टावर लगायत अन्य काममा पनि नकारात्मक प्रभाव पर्ने दाबी गरेको छ ।
काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ देखि एक साताका लागि गुरागाईँ बिदामा बसेका थिए । पछि कार्यालय जान खोज्दा मेयर बालेनका सचिवालयकाहरूले गाडीको चाबी खोसिदिने गर्न थालेपछि उनी कार्यालय जान छाडेका थिए ।
समाचार
सरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares