विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पोखराबाट काठमाडौं आइपुगेका छन् । सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका उनको स्वागत गर्न हजारौँ नागरिक सडकमा छन् ।
विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न बिहानदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्याली सहित दिउँसो विमानस्थलको द्वारसम्म पुगेका थिए । उक्त द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरुको अभिनन्दन स्विकारेका थिए । गाडीबाटै हात हलाएर सम्वोधन गरिरहँदा समर्थकहरूले शाहको पक्षमा नारा लगाएका छन् ।
राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका छन् । विमानस्थलमा उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफल गरे ।
विमानस्थल बाहिर हजारौँको संख्यामा भेला भएको समर्थकहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए ।
यो सबबीच शाहको काठमाडौं विमानस्थल आगमन क्रममा अनौठो अपाच्य दृश्य पनि देखिएको छ । राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर बोकेका देखिए ।
पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्बिरकै साइजमा अर्को तस्बिर बोकेर समर्थकहरु हिँडेको देखिए । अर्को तस्बिरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अटाएका छन् । राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए ।
आदित्यनाथको तस्बिर मुन्तिर ‘राजसंस्था पुनस्र्थापना गरौँ’ लेखिएको छ । भारतका नेताको फोटो राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भन्दै सामाजिक सन्जालका प्रयोगकर्ताहरुले प्रतिक्रिया व्यक्त गरेका छन् । पूर्वराजा भने चक्रपथको गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवासतर्फ लागेका छन् ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares