विराटनगर— रौतहटको बृन्दावन, चन्द्रपुर, गढीमाई लगायतका नगरपालिकामा शनिबार बिहान भीषण हावाहुरीसहितको असिना–पानी परेपछि किसानहरूको बालीमा ठूलो क्षति पुगेको छ । मकै, गहुँ, तरकारी, फलफूल लगायतका बालीनाली तहसनहस भएका छन् ।
शनिबार बिहान २ बजेतिर चलेको हावाहुरीसहितको असिना–पानीले विशेष गरी गहुँबालीमा गम्भीर असर पुर्याएको छ । पाकिसकेको गहुँ असिनाले लडाएपछि किसानलाई ठूलो आर्थिक नोक्सानी भएको छ । बृन्दावनका किसान जोगेन्द्र साह भन्छन्, ‘केही दिनमा गहुँ भित्र्याउने तयारीमा थियौं, असिनाले पूरै नष्ट ग¥यो । १० कट्ठामा लगाएको गहुँबाली ध्वस्त भयो ।’
स्थानीय जनप्रतिनिधिहरूले किसानलाई राहत दिन सरकारसँग माग गरेका छन् । सांसद देवप्रसाद तिमल्सिना, युवराज भट्टराई र पूर्वसांसद कल्याणी खड्काले असिना–पानीले पुर्याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन् ।
हालसम्म कुन पालिकामा कति क्षति पुगेको छ भन्ने आधिकारिक विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले बताएका छन् । कृषि ज्ञान केन्द्र गौरले भने क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।
कृषि विज्ञहरूका अनुसार असिनापानीले खेतबारीमा उभिएको बालीमा मात्र होइन, तयार भइसकेको उत्पादनमा समेत असर परेकाले किसानलाई तत्काल सहयोगको आवश्यकता छ । सरकारले बेलैमा राहतको व्यवस्था नगरे हजारौं किसानको पीडा झन् बढ्नेछ ।
(थप विवरण प्राप्त हुनेबित्तिकै अपडेट गरिनेछ)
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares