न्यू मेक्सिको, अमेरिका – न्यू मेक्सिको राज्यको लस क्रुसेस शहरमा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
गोलीबारीको सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लस क्रुसेसका अधिकारीहरूले गोलीकाण्डसँग सम्बन्धित कुनै पनि फोटो वा भिडियो प्रहरीलाई उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । लस क्रुसेस सिटी काउन्सिलर ट्याम जोहाना बेन्कोमोले पछिल्लो समय यस्ता घटनाहरू दोहोरिने चिन्ताजनक अवस्था आएको बताउँदै भविष्यमा यस्ता हिंसात्मक घटनाहरू रोक्न पहल गर्नुपर्नेमा जोड दिइन् ।
अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान जारी छ । घटनाको थप विवरण आउन बाँकी छ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares