११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

सत्ता गठबन्धन कांग्रेस र एमालेबीच अविश्वास बढ्दै

द नेप्लिज संवाददाता
२८ जेठ २०८२, बुधबार

विराटनगर– प्रधानमन्त्री केपी ओली शर्माले सत्ता सहयात्री नेपाली कांग्रेसका मन्त्री रहेको गृह मन्त्रालयको कामकाजमा खोट निकाल्दै कडाइ गर्न थालेको छ । सरकारको कामकाज र आउँदो आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको कामकाजमा गरेको हस्तक्षेपले सत्ता गठबन्धन प्रमुख दलबीच अविश्वास बढ्दै गएको छ । 

प्रधानमन्त्री ओलीले सहमति अनुसार कांग्रेस सभापति देउवालाई सौहार्दपूर्ण वातावरणमा सत्ता हस्तान्तरण गर्ने अभिव्यक्ति दिँदै आएको बीच भिजिट भिषामा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि प्रतिपक्षी दल प्रतिनिधिसभा अबरुद्ध गर्दै आएको छ । प्रतिपक्षी दलको अबरोधले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन । प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध आएका कारण अर्थमन्त्रीले प्रस्तुत गरेको आउँदो वर्षको बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन । 

प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा गर्दै आएको अवरोध खुलाउन कांग्रेसका नेताहरु निरन्तर छलफलमा जुटिरहेको बेला प्रधानमन्त्री ओलीले गृह मन्त्रालयले गरेको सुरुवामा असन्तुष्टि जनाउँदै तत्काल कानुनसम्मत रुपमा कर्मचारीलाई खटनपटन नगरिए कारवाही गर्ने गृह सचिवलाई लिखित चेतावनी दिएपछि मन्त्रालयले ३७ जना कर्मचारीको काज फिर्ता गरेको छ । 

गृहमन्त्री लेखक विवादमा तानिएरको बेला प्रधानमन्त्री कार्यालयको चेतावनीपूर्ण पत्रले कर्मचारीको काज फिर्ताले पनि सत्ता गठबन्धनमा अविश्वास बढेको संकेत गरेको छ । कांग्रेस र एमालेबीत सत्ता सहकार्य गर्ने सहमति अनुसार संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, कानुनी राज्यको स्थापनालगायतको काम वर्तमान सरकारले अघि बढाउन नसकेको प्रति कांग्रेसभित्र असन्तुष्टि चुलिएको बेला प्रधानमन्त्री कार्यालयको अस्वभाविक सक्रियताले सत्ता गठबन्धन जोखिममा देखिएको राजनीतिक विशलेषकहरुको भनाइ छ । 

तत्काल प्रतिपक्षी दलहरुसँगको सहमतिमा प्रतिनिधिसभाको बैठक सुचारु नभए सत्ता गठबन्धन धरापमा पर्ने देखिएको हो । प्रतिपक्षी दलसँग नेपाली कांग्रेसका नेताहरुको नियमित छलफलबाट प्रधानमन्त्री ओलीसमेत झस्किएको राजनीतिक विशलेषकहरुको भनाइ छ । कांग्रेस र एमालेको सत्ता सहकार्यको निरन्तरता प्रतिनिधिसभाको बैठकमा देखिएको अबरोध खुल्ने नखुल्नेमा अडिएको राजनीतिक विशलेषकहरुको भनाइ छ । 

प्रकाशित : २८ जेठ २०८२, बुधबार 21:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved