काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको जारी तिक्तता बिहीबार सार्वजनिक मञ्चमा प्रकट भएको छ ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित ‘संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा यी दुई नेता घुमाउरो कटाक्ष र व्यङ्ग्यको आदानप्रदानमा व्यस्त थिए ।
समारोहको उद्घाटन संयुक्तरूपमा गरेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको संवाद भने चिन्ताको विषय बन्यो । प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन दलहरूको सैद्धान्तिक बिमति छैन भन्ने टिप्पणी गर्दै एमालेको भूमिकाप्रति अप्रत्यक्ष असन्तुष्टि जनाएका थिए ।
उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा पदाधिकारी नियुक्तिका लागि दलहरूबीच समझदारी बनाएको बताए पनि विगतका घटनालाई नकोट्याउने अडान लिएका थिए । तर जब प्रधानमन्त्री ओलीले बोल्न थाले, उनले प्रचण्डलाई सिधा रूपमा व्यङ्ग्य गरे ।
‘बसेर सुन्नैपर्ने मान्छे उठेर हिँडेको’ भन्दै ओलीले प्रचण्डको तर्कप्रति व्यंग्य गरे । ’पीडितहरूको कुरा त मैले पनि सुनेको छु, तर सुनेर मात्र घाउ निको हुँदैन, त्यसलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने ।
यो तिक्तता त्यतिमै रोकिएन, ओलीले कुलमान कारवाही प्रकरणमा प्रचण्डको बुधबारको अभिव्यक्तिको खण्डन गर्दै थप भने, ‘खेतमा पानी लगाउने र बाख्रा किनेको कुरा कसरी जोडियो ?’
अन्तिममा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्दै निर्मल निवासमा थपक्क बस्न सुझाव दिएका छन् । ’२०६५ सालमा उहाँ –पूर्वराजा ज्ञानेन्द्र तिर संकेत गर्दै ) घर जानुभएको हो, हामी पनि दुई–चार वर्षमा फर्किरहन्छौँ । कम्तिमा उहाँ त २५० वर्षपछि जानुभएको हो,’ उनले भने । यो घटनाले राजनीतिक घम्साघम्सीको नयाँ आयाम देखाएको छ जहाँ दुवै नेताहरूले सार्वजनिक मञ्चमा आफ्नो असन्तुष्टि प्रकट गरेका छन् ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares