५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचार फैलिएको मुलुककै सूचीमा पर्छन । सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । । यो पाँच वर्षमा ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा प्रशंसनीय प्रगति गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् ।
विराटनगर– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालको अवस्था झनै खराब देखाएको छ ।
सर्वेक्षण थालिएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा हाल सम्मकै उच्च हो । भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष ३५ अंक थियो । यसबाट भ्रष्टाचार विरुद्ध कडा पाइला चाल्न सरकार असक्षम रहेको देखिन्छ । २०७० देखि नै नेपालमा हुने भ्रष्टाचारको अवस्थामा खास सुधार भएको देखिन्न ।
उक्त संस्थाको नेपालका महासचिव डा. सागरराज शर्माले नेपालको प्रमुख समस्या भ्रष्टाचार शासनव्यवस्थाका लागि चूनौति नै रहेको बताए । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि जनधारणा बुझ्न स्वयंले सर्वेक्षण गर्दैन । विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने सवाल र सर्वेक्षणको आधारमा भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ ।
दक्षिण एशियामा भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । छिमेकी चीनले ४३ अंक प्राप्त गरेको छ ।
यो संस्थाले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सेवाका लागि दिनुपर्ने घूस, सरकार, न्यायालय र संसद्का प्रतिनिधिले गर्ने पदको दुरुपयोग, व्यापार-व्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिताजस्ता विषयमा सर्वेक्षणलाई आधार बनाइन्छ ।
१८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ । दक्षिणी सुडान ८ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक भएको छ ।
५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचार फैलिएको मुलुककै सूचीमा पर्छन । सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । यो पाँच वर्षमा ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा प्रशंसनीय प्रगति गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक पाएका छन् ।
सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरु छन् । विश्वव्यापी चासोको विषय जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय मुलुकहरुले समेत भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा कम अंक प्राप्त गरेका छन् ।
समाचार
सरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares