विराटनगर– मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारको पिठारीको रूखको एउटै हाँगोमा मंगलबार बिहान एक विवाहित युवा जोडी नाइलनको डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
उनीहरु पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी झापाको गौरीगन्ज गाउँपालिका–२ की २२ वर्षीया जुबामुनी हस्दा भएको प्रहरीले जनाएको छ । स्थानीयले देखेर खबर गरे पछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत जुवामुनिका श्रीमान कान्छा टुडू रोजगारको क्रममा विदेशमा रहेको प्रहरीले जनाएको छ ।
अजयको पत्नी तथा दुई नाबालक सन्तान र जुवामुनिका डेढ वर्षका छोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजयले जुवामुनिलाई गत आइतबार राति घरमा लिएर आएको पत्ता लागेको छ । अजयको घरबाट खाना खाएर राति नै उनी निस्किएको प्रहरीको सोधपुछमा खुलेको छ । निकटता हेर्दा दुवै जना विवाह अगाडि वा पछाडिदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने अडकल प्रहरीले गरेको छ । घरभित्रको किचलोले प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलको प्रकृतिको अध्ययन र प्रारम्भिक अनुसन्धानबाट दुवैले मञ्जुरीमै आत्महत्या गरेको जस्तो देखिन्छ । पोस्टमार्टमको रिपोर्ट र थप अनुसन्धानपछि मात्रै यथार्थ भन्न सकिने प्रहरीले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares