विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधीहरुको विक्री वितरणको माग गर्दै सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ । कोशी अस्पतालले सञ्चालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’को उद्घाटनका लागि विराटनगर आएका मन्त्री पौडेललाई संघले ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष देशबन्धु ढकाल नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई गत फागुन २५ गते औषधी व्यवस्था विभागले रिर्जभ एन्टिबायोटिक्स औषधी अस्पताल भित्रका फार्मेसीले मात्र विक्री वितरण गर्न पाउने गरेको निर्णयलाई सच्याई सबै फार्मेसीले विक्री वितरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष देशबन्धु ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा औषधी व्यवस्था विभागले गरेको उक्त निर्णयले अस्पताल वाहिरका फार्मेसीहरुलाई विस्थापित गर्नुको साथै करोडौँको लगानी डुब्ने अवस्था आएकोले औषधी व्यवासायीलाई विस्थापित हुनबाट जोगाउन र लगानी सुरक्षित गर्न मन्त्री समक्ष आग्रह गरिएको उल्लेख छ । ‘विभागले रिर्जभ एन्टिबायोटिक्स औषधी अस्पताल भित्रका फार्मेसीले मात्रै बिक्री वितरण गर्न पाउने गरी गरेको निर्णयले तमाम औषधी व्यवसायीहरुलाई चिन्तीत तुल्याएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस खालको निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै व्यवसायी यो पेशाबाट विस्थापित हुने र करोडौँ लगानी डुब्ने खतरासमेत बढाएको छ ।’
विभागले कुनै वैज्ञानिक आधारबिना नै एकतर्फी रूपमा गरेको गलत निर्णयलाई सच्याउन मन्त्री पैडेल समक्ष माग गरेको ज्ञापन पत्रमा भनिएको छ । औषधी व्यवसायी संघ सम्पूर्ण औषधी व्यवसायीहरुको हकहित र अधिकारका साथै सामाजीक कार्यमा २०३० सालदेखि निरन्तर कार्य गर्दै आएको छ । संघीय सरकार तथा प्रदेश सरकारले स्वास्थ्य नीति तथा ऐन कानुनहरु बनाउँदा वा कुनै छलफल, गोष्ठीहरु गर्दा संघको प्रतिनिधित्व गराई नतिजामुखि बनाउनसमेत ज्ञापन पत्रमार्फत माग गरेको हो ।
‘देशमा गणतन्त्र स्थापना भइसक्दापनि स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधी व्यवसायीहरुलाई पाखा लगाएर बनाइने नीति ,नियम तथा ऐन, कानुनले ठोस नतिजा प्राप्त हुन नसक्ने ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले यस विषयमा आफुले विभागसँग बुझेर समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यस विषयमा आफुले विस्तृत नबुझेकोले अहिले नै गर्छु भनेर भन्न सक्दिन,’ उनले भने, ‘तर व्यवसायी विस्थापित हुने र लगानी डुब्ने अवस्था आउन नदिन विभागसँग बुझेर आफुले ठोस प्रयास गर्छु ।’
संघका प्रदेश समिति अध्यक्ष धनराज काफ्लेसहित ज्ञापन पत्र बुझाउन गएको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी, महासचिव अरुण व्राम्हणलगायतको सहभागीता रहेको थियो ।
स्वास्थ्य
चिकित्सकहरूको आन्दोलन अन्त्य गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउन शिक्षाविद्हरूको आग्रह
द नेप्लिज संवाददातासंकटमा स्वदेशी औषधि उद्योग
द नेप्लिज संवाददाताऔषधी व्यवसायी संघको भित्तेपात्रो पुनद्वारा लोकार्पण
द नेप्लिज संवाददाताआवासीय चिकित्सकको आन्दोलन फिर्ता : सरकारसँग चार बुँदे सहमति
द नेप्लिज संवाददातासरकारसँग सहमति भए पनि आवासीय चिकित्सकको आन्दोलन कायमै, पारिश्रमिक नपाएको गुनासो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares