विराटनगर– नेकपा एमाले मोरङको बुधबार राती सम्पन्न निर्वाचनको मतगणना विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा सुरु भएको छ । एक सय मत गणना हुँदा अध्यक्षमा अम्बर राईले ६ मतको अग्रता लिएको छ ।
इत्तर पक्षका अध्यक्ष उम्मेदवार अजम्बर राईले ५१ मत ल्याउँदा संस्थापन पक्षका उम्मेदवार राजकुमार राईले ४५, इत्तर पक्षका उपाध्यक्षमा सागर थापाले ५० र संस्थापन पक्षकी शान्ति लिम्बूले ४२, सचिवमा इत्तर पक्षका सोमराज थापाले ४८ र संस्थापनका रबिन थापाले ४५, उपसचिवमा पुरुषतर्फ इत्तर पक्षका सन्तोष वान्तवाले ५२ र संस्थापनका इर्जालाल राजबंशीले ४१ र उपसचिव महिलातर्फ इत्तर पक्षकी उषा झाले ४५ मत ल्याउँदा संस्थापन पक्षकी शील्पा निराला कार्कीले ४९ मत ल्याएका छन् । मत गणना जारी रहेको र अब ७८८ मत गणना गर्न बाँकी रहेको छ । बुधबार अबेर रातीसम्म भएको मतदानमा कूल मतदाता ९११ जनामध्ये ८८८ जनाले मतदान गरेको छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र सदस्य गरी १६५ सदस्यीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा संस्थापन र संस्थापन इत्तर प्यानल बनाएर नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
संस्थापन पक्षबाट अध्यक्षमा पूर्वप्रदेश सांसद राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजबंशी र विराटनगर महानगर उपप्रमुख शील्पा कार्कीलगायत छन् भने इत्तर पक्षबाट अध्यक्षमा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजबर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा ठाकुरलगायत चुनावी प्रतिस्पर्धामा छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares