विराटनगर– नेकपा एमालेकाे १० अैाँ अधिवेशनले नयाँ नेतृत्व चयनका लागि बुधबार चुनाव सुरू भएकाे छ । केन्द्रीय नेतृत्वले सहमतीमा नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रतिस्पर्द्धामा गएकाे हाे ।
नयाँ नेतृत्व चयनका लागि केन्द्रीय नेताहरू र जिल्ला नेताहरूले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्द्धामा उत्रेका छन् ।
केन्द्रीय नेताहरुको समूहले अधिवेशनमा पूर्वप्रदेश सांसद राजकुमार ओझालाई अध्यक्ष, उपाध्यक्षमा शान्ति लिम्बू भूजेल, सचिवमा रविन थापा र उपसचिवमा इर्जालाल राजवंशी र महानगर उपप्रमुख शील्पा कार्कीलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्माद्धामाक होमिएका हुन् ।
यस्तै, पूर्वकेन्द्रीय सदस्यलगायत जिल्लाका पूराना नेता तथा पालिका प्रमुख तथा अध्यक्षहरूले अध्यक्षमा जिसस प्रमुख अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा ठाकुरको प्यानल बनाएर चुनावी दौडमा छन् ।
९ सय ११ मतदाता रहेकाेमध्ये ६० प्रतिशत जिल्ला नेताहरूकाे पक्षमा रहेकाे छ भने ४० प्रतिशत मात्रै रहेकाे केन्द्रीय नेताहरूले मतदाता फकाउन मतदान प्रक्रिया सुरू गर्न ढिलाइ भएकाे एमाले नेताहरूकाे भनाइ छ । मंगलबार नै मतदान गर्ने समय तालिका सार्वजनिक गरेकाे निर्वाचन समितिले पटक पटक समय सार्दै बुधबार बिहान ७:३० बजेबाट मतदान सुरू गर्ने जनाएपनि ढिलाइ गरेकाे हाे ।
एमालेको ५ पदाधिकारीसहित १६५ पदका लागि ३४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares