विराटनगर– गत सोमबार सुनसरीको धरान-६ स्थित पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३४ वर्षीया चुनकुमारी (चुनिला) दाहाल बुढाथोकी हुन्। उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छन्।
उनी इटहरी उपमहानगरपालिका-२, हलगडामा बसोबास गर्दै आएकी थिइन्। शवको पहिचान आफन्तले गरेका हुन्। घटनास्थलमा पुगेका प्रहरीका अनुसार महिलाको घाँटी कसेर हत्या गरिएको र शवलाई लसुनेको रुखमुनि अडेस लगाएर छाडिएको जस्तो देखिएको छ।
शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो र अन्यत्र हत्या गरी शव घिसारेको जस्तो पनि देखिन्छ। माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन्। बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो। माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ। उनका श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका छन्। प्रेम कोरिया गएको ५ वर्षपछि घर आएका थिए।
उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए। यता उनकी श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्दै आएकी थिइन्। यी बुढाथोकी दम्पतीका एक छोरा छन्।
मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउँदा पनि डेरामा श्रीमतिसँग ३ दिन मात्र बसेका थिए।
प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए। बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए। तर पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो।
प्रेम र चुनिलाले मागीबिहे गरेका थिए। विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो। तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा तिक्तता आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ। चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमा आउन नचाहेको बताइन्। चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उनको भनाइ छ। चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन्। उनले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै भएको बताए।
सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध राम्रो रहेको बताएका छन्। तर उनले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन्। उनले छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सुनसरी झरेको पनि बताए। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares