विराटनगर– अर्बपति उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्धको मुद्दा मंगलबार हेर्न नभ्याइनेमा परेपछि सर्वोच्च अदालतले २० औं पटक पेसी तोकेको छ । सर्वोच्चले मंगलबार हेर्न नभ्याइने भन्दै २०/२५ दिनमा दिँदै आएको तारेख एकैपटक चार महिनापछिको दिएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा माननीय चौधरीले पार्टीको विधानविपरित फर्जी कागजात पेस गरेर मधेसी कोटामा उम्मेदवारी दिइ निर्वाचित भएको भन्दै अर्का उम्मेदवार डा. शुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा २०७८ फाल्गुन ३ गते रिट दायर गरेको रिटमा १९ औँ पटकको पेसी हेर्न नभ्याइनेमा मंगलबार परेको थियो । उक्त रिट सर्वोच्च अदालतका न्यायाधिसद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयूक्त इजलासमा १० औँ नम्बरमा पेसी रहेको थियो । जसमध्ये दुई वटा पेसी स्थगित भएपछि माननीय चौधरीविरुद्धको मुद्दा ८ नम्बरको पेसीमा आएको थियो । तर न्यायाधिसद्वयले पहिलो नम्बरको मुद्दामा सुनुवाई गर्दै बाँकी मुद्दा हेर्न नभ्याइनेमा राखेका थिए ।
मुद्दा हेर्न नभ्याइनेमा परेपछि डा. यादवका वारेस मनोजकुमार यादवले तारेख लिन जाँदा एकैपटक चार महिनापछि मंसिर २५ गतेको तारेख सर्वोच्च अदालतले दिएको छ । डा. यादवका वारेस मनोजले चार महिनापछिको तारेख सुरुमा लिन मानेनन् । तर सर्वोच्चको पेसी फाँटले अटोमेशन प्रविधिले उक्त मुद्दाको पेसी मंसिर २५ गतेमा परेको भन्दै जवाफ दिएपछि उनी तारेख लिन बाध्य भएको डा. यादवले सुनाए । डा. यादवले पछिल्लो समय अटोमेशन प्रविधिबाट २०/२५ दिनको नै तारेख दिँदै आएको तर आज एकैपटक चार महिनापछिको तारेख दिएपछि अस्वभाविक लागेको गुनासो पोखे ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा माननीय चौधरीले पार्टीको विधानविपरित फर्जी कागजात पेस गरेर मधेसी कोटामा उम्मेदवारी दिइ निर्वाचित भएको भन्दै अर्का उम्मेदवार डा. शुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा २०७८ फाल्गुन ३ गते रिट दायर गराएका छन् ।
डा. यादवले निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, केन्द्रीय निर्वाचन समिति, पार्टी कार्यालयका मुख्य सचिव र विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले नेपाली कांग्रेसको विधान बमोजिम योग्यता पुगेका उम्मेदवारलाई मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित गराउन माग दावीसहित रिट दायर गरेका छन् ।
नेपाली कांग्रेसको विधानमा मधेसी खुल्ला केन्द्रीय सदस्य ५ जना पुरुष रहने व्यवस्था छ । मधेसी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये निर्वाचित ५ जना पुरुषमा चौधरी पनि निर्वाचित भएका छन् भने डा. यादव छैठौँ स्थानमा रहेको छ । माननी चैधरी कांग्रेसको विधान बमोजिम अयोग्य साबित भएको अवस्थामा डा. यादव केन्द्रीय सदस्यमा स्वतः निर्वाचित हुनेछन् ।
नेपाली कांग्रेसको विधानको दफा २१ को उपदफा (८) अनुसार पार्टीको निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ । माननीय चौधरी २०६४ को दोस्रो संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएका थिए । चौधरी २०६९ सालसम्म एमालेबाट संविधानसभा सदस्य रहेका थिए । उनी २०७४ सालमा मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकोले केन्द्रीय सदस्यका लागि अयोग्य रहेको डा. यादवको दावी छ । माननीय चौधरीले उम्मेदवारी दिने क्रममा क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष भएको फर्जी कागजात निर्वाचन समितिमा पेश गरेर निर्वाचित भएको उनको आरोप छ ।
पछिल्लो समय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा डा. शेखर कोइरालाले माननीय चौधरीलाई विधान विपरित किन केन्द्रीय सदस्यमा निर्वाचित गराएको भन्दै पार्टी सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाएपछि यो विषय एकाएक चर्चा र चासोको विषय बनेको छ ।
समाचार
‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares