डिभिजन वन कार्यालय लहान, सिरहाले सीमावर्ती भगवानपुरमा स्थापना रेको नर्सरीमा देखिएको बिरुवा उत्पादनको अवस्था । तस्बिरः देवनारायण साह
सिरहा– मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको गृह जिल्ला सिरहाका डिभिजन वन कार्यालय लहानका योजना शाखा प्रमुख राधेश्याम चौधरीले बिरुवा नै उत्पादन नगरी भुक्तानी लिएको खुलासा भएको छ ।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारीसमेत रहेका चौधरीले समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत १७ लाख ६० हजार लागतमा ८० हजार दुई वर्षे बिरुवा उत्पादन गर्ने कार्यक्रम भगवानपुरमा सञ्चालन गरेको छ ।
उक्त नर्सरीमा मसला, खैयर, इपिल, अमला, समी, सिसौँ, सतिसाल, सिरिस, टिक, खमारी, छतमन, गोल्डमोहरलगायतका बिरुवा उत्पादन गरेको छ । उनले स्थापा गरेको नर्सरी बेडमा ५० प्रतिशतपनि बिरुवा उत्पादन भएको देखिएन । प्रति बिरुवा २० रुपैयाँ लागतमा उत्पादनका लागि प्रदेश सरकारले खर्च गरेको छ । तर बिरुवा नै उत्पादन नगरी चौधरीले भुक्तानी लिएको देखियो । चौधरीले लक्ष्यको ५० प्रतिशत मात्रै बिरुवा उत्पादन गरेर शतप्रतिशत भुत्तानी लिएको कार्यालय स्रोतले जनाएको छ ।
चौधरीले भगवानपुर नर्सरीमा ८० हजार बिरुवा उत्पादन गर्नेमा ४० हजार बिरुवा समेत उत्पादन गरेको छैन । भगवानपुर नर्सरीमा ८ वटा नर्सरी बेडमा खाली पोलिथिन मात्रै रहेको देखियो । उक्त पोलिथिनमा बिरुवा एउटा पनि रहेको देखिएन । नर्सरीमा समयमा बिरुवा रोप्ने, सिँचाइलगायत राम्ररी समयमा हेरचाह नरेकोले बिरुवा उत्पादन हुन नसकेको वन प्राविधिकले जनाएको छ । भगवानपुर नर्सरीका नाइकेले पत्रकारहरु नर्सरी हेर्न आउन थालेपछि खाली पोलिथिनमा अहिले बिरुवा रोप्न थालेको बताए ।
हाइटेक नर्सरीमा उत्पादन गर्नुपर्ने दुई वर्षे बिरुवा योजना शाखा प्रमुख चौधरीले जिल्लाको सीमावर्ती गाउँमा उत्पादन गरेको छ । डिभिजन वन कार्यालयमा कुन कार्यक्रम कहाँ, कसरी र कति लागतमा सञ्चालन गर्ने सम्पूर्ण योजना, कार्यक्रम र लागत स्टिमेट तयार पार्ने काम योजना शाखाको नै हुने गरेको वन प्राविधिकले जनाएको छ । चौधरी आफै योजना शाखामा रहेकोले उनले नै बहुवर्षीय अर्थात् दुई वर्षे बिरुवा डिभिजन वन कार्यालयले स्थापना गरेको हाइटेक नर्सरीमा उत्पादन गर्नुपर्ने योजना बनाएर कार्यान्वयन गराउनु पर्ने हो । तर आफ्नो दायित्व बिर्सेर उनले आफ्नै नाममा बिरुवा उत्पादन कार्यक्रम लिएर सञ्चालन गरेको देखियो ।
लक्ष्य अनुसारको बिरुवा किन उत्पादन गरिएन भन्ने जिज्ञासामा योजना शाखा प्रमुख चौधरीले केही बोल्न सकेनन् । डिभिजन वन कार्यालयका प्रमुखले आर्थिक वर्षको अन्त्यमा बिरुवा उत्पादन भएको नर्सरीको अनुगमन गरेर जाँच पास गरेपछि मात्रै बजेट निकास दिने व्यवस्था छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले बिरुवा उत्पादन कार्यक्रममा कर्मचारीहरुले राम्ररी ध्यान नदिएकाले नर्सरीमा बिरुवाहरुको अवस्था यस्तै रहेको स्विकारे का छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares