२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

कोशीमा उद्यमी र लगानीकर्तालाई जोड्दै आध्यन्त एक्सिलेरेटर

द नेप्लिज संवाददाता
६ चैत २०८१, बुधबार

विराटनगर– कोशी प्रदेशमा आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशीले आध्यन्त एक्सिलेरेटर कार्यक्रममार्फत उद्यम क्षेत्रमा लगानी भित्र्याउन उद्यमी र लगानीकर्तालाई जोड्न थालेका छन् । 

कार्यक्रममा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले उद्यमको बारेमा लगानीकर्ता समक्ष आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गरेका छन् । हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरि, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया, र जयपति डेरीका यादव ढकाल गरी ७ उद्यमीहरूले आफ्नो उद्यमबारे अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स, र एनआईएमबीएस क्यापिटलको उपस्थिति थियो । 

कार्यक्रममा जयपति कृषि फर्म र डीभी एक्सलेसले कामधेनु डेरीका एक सय किसानलाई २ लाखसम्मको बिना धितो ऋण दिन एनआईएमबीएस बैंकसँग सम्झौता भएको हो । यसले साना किसानलाई सहज ऋण प्रवाह भएको हो । 

लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकारी आरती राज्य लक्ष्मी रानाले यस्ता एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायीहरूको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताइन् । कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमीहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको जानकारी गराए ।

कार्यक्रमअन्तर्गत उद्यमीहरूले आफ्नो व्यवसायको अवधारण, अवस्था र विस्तारलगायतका विषयमा तालिमसमेत उपलब्ध गराएको छ । 

कार्यक्रम आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने भएकाले प्रदेश सरकारले लगानी सम्मेलनमार्फत समस्या समाधानका लागि प्रयास गरिरहेको बताएका छन् ।

यस्तै, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने बताएका हुन् ।

आध्यन्तका सह–संस्थापक र निर्देशक मनोज पौडेलले कोशीका विभिन्न व्यवसायमा करिव ८२ करोड रुपैयाँको लगानी गर्दै आध्यन्तले उद्यमशीलता विकास गर्न लागिपरेको बताएका छन् ।

नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् । ‘यस कार्यक्रमअन्तर्गत विज्ञहरूले अग्र्यानिक खेतिका लागि प्रदान गरेको प्राविधिक सहायताले सकारात्मक प्रभाव परेको छ,’ उनले भनिन्, । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रमअन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टर बारे जानकारी गराएका छन् । ‘ग्रोथ सेन्टरले व्यवसाय विकासका लागि सेवा खोज्ने उद्यमीहरूलाई प्रत्यक्ष रूपमा सहयोग प्रदान गर्दै आएको छ,’ उनले भने, ‘ग्रोथ सेन्टरका साथै अध्यान्तले कोशी प्रदेशमा व्यापार विस्तार गर्दै रोजगारी सिर्जनाका लागि सकारात्मक प्रभाव पारिरहेको र यसको परिणाम छिट्टै देखिनेछ ।’

प्रकाशित : ६ चैत २०८१, बुधबार 17:34

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved