काठमाडौँ (रासस) — आज प्रजातन्त्र पुनर्बहाली भएको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ । २०४६ चैत २६ (सन् १९९० अप्रिल ८) मा ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना गरिएको थियो । यही दिनको सम्झनामा हरेक वर्ष चैत २६ मा जनआन्दोलन दिवस मनाउने परम्परा रहिआएको छ ।
२०१७ पुस १ मा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेका थिए । त्यसपछि, नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा २०४६ फागुन ७ (सन् १९९० फेब्रुअरी १८) देखि सुरु भएको जनआन्दोलन ४९ दिनसम्म चलेको थियो । अन्ततः २०४६ चैत २६ (सन् १९९० अप्रिल ८) मा तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको पुनःस्थापनाको घोषणा गरेका थिए ।
यस वर्ष पनि जनआन्दोलन दिवसको अवसरमा काठमाडौँ उपत्यकासहित देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । राजनीतिक दलहरू, नागरिक समाज, विद्यार्थी संघसंस्थाहरूले ¥याली, सभा तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरी प्रजातन्त्र पुनर्बहालीमा योगदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दैछन् ।
साथै प्रजातान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा प्रजातन्त्रको सुदृढीकरणका उपायहरूबारे छलफलहरू आयोजना गरिएका छन् । यस अवसरमा, प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिने सम्पूर्ण सहिदहरूलाई सम्झना गर्दै, लोकतान्त्रिक मूल्यहरूको संरक्षण र संवद्र्धनमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares