सुशासन, कानुनी राज्य, सामाजिक न्यायको स्थापनासँगै हरेक वर्गलाई रोजगारी दिन सक्ने समृद्ध नेपाल निर्माण हुनुपर्ने आम नेपालीको मानसिकता छ ।
विराटनगर– मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएदेखि मुलुकको नेतृत्व गर्ने ‘प्रधानमन्त्री पद’ तीन जना नेताको लागि ‘म्यूजिकल चेयर’को खेल जस्तै भएको छ । उक्त म्यूजिकल चेयरमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पालैपालो बस्दै आएका छन् । उनीहरुले देशको साथै पार्टीको पनि नेतृत्व गर्दै आएका हुन् । उनीहरु आम नेपालीको मनोभावना अनुकुल खरो नेतृत्व गर्न नसकेका कारण निरासा छाएको छ । विश्वका विकसित राष्ट्रका साथै वैदेशिक रोजगारीले आम नेपालीलाई विश्वभरि पहुँच अभिवृधि गरेको छ । यसले खास गरी युवा पुस्ताले मुलुकमा सुशासन, कानुनी राज्य, सामाजिक न्यायको प्रत्याभूति, रोजगारी, विकासका साथै समृद्ध र सुशिक्षित नेपालको आशमा छन् । तर राजनीतिक नेतृत्व युवा पुस्ताको मनोभवना अनुकुल मुलुकलाई अगाडि बढाउन सकेका छैनन् । उनीहरु आम नेपालीको भावना भन्दा व्यक्तिगत लाभ र हानीको हिसाब लगाएर देश र पार्टी सञ्चालन गर्दै आएकोले नै युवा पुस्ता निरास भएका हुन् ।
मुलुकमा भ्रष्टाचार र दण्डहिनता मौलाएको छ । रोजगारीको अभावमा दैनिक युवा शक्ति विदेश पलायन भइरहेका छन् । गुणस्तरीय शिक्षाका लागि हुनेखाने वर्गका अधिकांश किशोर किशोरी युरोपियन मुलुक पलायनसँगै राष्ट्रिय पूंजीसमेत पलायन भइरहेको छ । कृषि प्रधान देशको कृषि क्षेत्र थला पर्दै गएको छ । उद्योग, व्यवसाय क्षेत्र धारासायी बन्दै गएको छ । उद्योगी, व्यवसायी देशबाट नै पलायन हुन थालेका छन् । यसले मुलुक चरम ब्यापार घाटबाट गुज्रिदै आएको छ । समग्रमा मुलुकको अर्थतन्त्र धारासायी हुँदै गएको छ तर राजनीतिक नेतृत्व म्युजिकल चेयरको खेलमा रमाइरहेका छन् ।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओली जुनसुकै मूल्यमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि आप्mनो मान्छेलाई पदमा पुर्याएर व्यक्तिगत लाभ लिने बाहेकको रचनात्मक विकास मोडेल ल्याएर काम अघि बढाउन नसकेकाले आम नेपालीमा निरास छाएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि रगत बगाएका आम नेपाली अहिले राजतन्त्रको पक्षमा सडकमा नारा घन्काउन बाध्य भएका छन् । घर घरबाट विदेशिएका युवाहरुका कारण अधिकांश नागरिकको हातमा अहिले स्मार्ट फोनको उपलब्धता छ । स्मार्ट फोन बोक्नेहरु सामाजिक सञ्जालमा जोडिएका छन् र सामाजिक सञ्जालमार्फत संसारभरिका खबरको बारेमा जानकार हुँदै आएका छन् । जसले आम नेपाली संसारको हरेक विषयमा जानकार छन् ।
विश्वमा नेपालीको पहुँच अभिवृधिले नै राज्यको कूल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । यसले नेपालीहरुको आर्थिक अवस्थाका साथै जीवनस्तर र जनचेतना बढेदै गएको छ । युवा जमातले जननेताको अपेक्षा गरिरहेका छन् तर राजनीतिक नेतृत्व त्यसलाई लत्याउँदै परम्परागत ढंगले नै देशको नेतृत्व गर्न खोज्दै छन् । अहिलेका पाका राजनीतिक नेतृत्वबाट आम नेपाली युवा पुस्ताले देशमा सुशासन, कानुनी राज्यको स्थापना, सामाजिक न्याय, रोजगारी, बलियो अर्थतन्त्रका साथै समृद्ध नेपाल निर्माण हुनेमा रतिभर विश्वास छैन । त्यसैले उनीहरु संसार बुझेका नेपालीको नेतृत्व गर्ने क्षमतावान नेताको आवश्यक्ता महशुस गरिरहेका छन् ।
युवा पुस्ताले पाका राजनीतिक नेतृत्वलाई विश्वास गर्न छोडेपनि उनीहरु आफ्नै धुनमा छन् । हाम्रा पाका वयोवृद्ध राजनीतिक नेतृत्वहरु आफूलाई अबल दर्जाको युवा भएको पटक पटक उद्घोष गर्दै युवा पुस्ताहरुलाई चुनौति दिँदै आएका छन् । यो अवस्थामा युवा पुस्ताको सपना पूरा नहुने देखेरै उनीहरु पलायनको बाटो रोजेर अबसरको खोजीमा युरोपेली देशका साथै छिमेकी देश चीन र भारत त्यता नबिकेका युवाहरु खाँडी मुलुकमा भविष्य खोज्न बाध्य छन् । यसले कृषि प्रधान देशमा अन्न आयातको परिमाण वर्षेनी बढ्दै गएको छ । यहाँको बजार व्यवसाय ध्वस्त भएका छन् । सहरका सटरहरु खाली हुँदै गएको छ ।
अहिलेका परम्परागत सोचका राजनीतिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिलाउनु नै युवा पुस्ताको एकमात्र लक्ष्य बन्दै गएको छ । यो अवस्थामा अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी पनि धरापमा पर्न सक्ने राजनीतिक बिशलेषकहरुको अनुमान छ । त्यसैले समृद्ध मुलुक निर्माणका लागि राजनीतिक नेतृत्वहरुले पुस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । राजनीतिक नेतृत्वले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण नगर्ने हो भने देशमा ठूलो दुर्घटना अवश्यमभावी देखिएको छ । युवा पुस्ता मौन बस्न नसक्ने उनीहरुको उमेरको विशेषता नै हुन्छ । त्यसैले पाका राजनीतिक नेतृत्वलाई समयमा नै सचेत हुनु आवश्यक भएको युवा पुस्ताकाो आह्वान छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares