विराटनगर – नेपाली पत्रकारिताको प्रारम्भ मानिने ‘गोरखापत्र’ले आज आफ्नो १२५औँ वार्षिकोत्सव मनाउँदैछ। सन् १९०१ (विसं १९५८) वैशाख २४ मा राणा प्रधानमन्त्री देवशमशेरको पालामा ‘गोर्खापत्र’का नाममा साप्ताहिक रुपमा सुरु भएको यो प्रकाशन हालसम्म निरन्तर जारी छ।
गोरखापत्र संस्थानले ‘शताब्दी रजत’ वर्षका रुपमा यो वार्षिकोत्सव मनाउने तयारी गरेको छ। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका अनुसार आगामी एक वर्षभर विभिन्न कार्यक्रममार्फत यस विशेष वर्षको उत्सव मनाइनेछ।
गोरखापत्रको इतिहास नेपालकै राजनीतिक परिवर्तनसँग गाँसिएको छ। यसले जहानीया राणा शासनदेखि गणतन्त्रसम्मका आरोह–अवरोहलाई साक्षी बनेर देखेको छ। सरकारी नियन्त्रणमा सञ्चालित यो संस्थालाई विभिन्न समयका शासक र सत्तारूढ दलहरूको मुखपत्रको आरोप लाग्दै आएको छ। तर, हालका नेतृत्वले संस्थालाई सार्वजनिक सेवा माध्यमतर्फ रुपान्तरण गर्ने दाबी गरेका छन्।
महाप्रबन्धक ऐरीका अनुसार नागरिक आवाज प्राथमिकतामा राखेर सामग्री उत्पादन गर्ने, प्रविधि अनुकूल रूपान्तरण गर्ने र कानुनी संरचनामा सुधार गर्ने तर्फ संस्थान अग्रसर छ। ‘अब गोरखापत्र सरकारको होइन, राज्यको मिडिया बन्नुपर्छ,’ ऐरीले स्पष्ट पारे।गोरखापत्र संस्थानले १२५औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ।
यही दिन अर्थात् वैशाख २४ मा ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिनको स्मरणमा सन् २०१६ देखि यो दिवस राष्ट्रिय रुपमा मनाइन्छ।
यस वर्ष ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दिवस मनाइँदैछ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा शीतल निवासमा विशेष समारोह हुनेछ। यो अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएका दुई वरिष्ठ पत्रकारलाई दुई लाख रुपैयाँसहित सम्मान गरिनेछ। यस्तै छ जना पत्रकारलाई एक–एक लाख रुपैयाँसहित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ।
गोरखापत्र हाल काठमाडौं, विराटनगर र इटहरीबाट प्रकाशित हुन्छ र ७७ वटै जिल्लामा वितरण हुन्छ। यसले ४५ भाषामा सामग्री उत्पादन गर्छ। संस्थानले पछिल्ला तीन वर्षदेखि मुनाफा कमाउँदै आएको छ।यस अवसरमा महाप्रबन्धक ऐरीले भने, ‘१२५औँ वार्षिकोत्सव केवल उत्सव मात्र होइन, नेपाली पत्रकारिता, यसको गुणस्तर, प्रभाव र भविष्यको मार्गबारे समीक्षा र बहसको अवसर हो।’
समाचार
पाथीभरा दर्शनका लागि ताप्लेजुङ पुगे भारतीय राजदूत
द नेप्लिज संवाददातारकम असुल्न वर्षैमै तीन पटक कार्यालय प्रमुखको सरुवा
द नेप्लिज संवाददाताजमिनमुनि भासिएको गाडी करिब ६ मिटर तल पुगेको अनुमान
द नेप्लिज संवाददातानेपाली नागरिक आतंकको शिकार, सरकार सचेत हुनुपर्नेमा जोड
द नेप्लिज संवाददातानेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares