विराटनगर – देशभर मंगलबार मौसम आंशिकदेखि साधारणतया बदली रहने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले दिएको जानकारीअनुसार हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागहरूमा मंगलबार राति पनि आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै देशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको जनाइएको छ।
शिक्षा/प्रविधि
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताकोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातानेपालमा मौरीको रानु उत्पादनमा ऐतिहासिक सफलता
द नेप्लिज संवाददाताकिटमा नेपाली विद्यार्थीको मृत्युमा शिक्षा मन्त्रालयको चासो
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares