विराटनगर– पत्रकारिता क्षेत्रका ‘भिष्मपितामह’ को रुपमा आदर गरिने भैरव रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहरेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको भाइ पुरुले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ मा भक्तपुरको तिथलीमा भएको थियो ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । पिताजीको शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राति नै बुझाइएको छोरी सुष्माले बताइन् ।
पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे । रेडियो सगरमाथाको स्थापनाकालदेखि सक्रिय पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे । उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउँथे । उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।
उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरे । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा अघि तथ्यांक विभागमा काम गरेका थिए ।रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares