विराटनगर– सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले यही वैशाख १२ को शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयबारे जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्नसमेत अधिवेशन आह्वान गरिएको बताइन् । उनका अनुसार सरकारले उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्नेछ । यतिबेला शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।
यही सन्दर्भमा शिक्षक महासंघले मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे महासंघभित्र छलफलपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
‘मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको भन्ने जानकारीमा आएको छ । अब यसमा महासंघभित्र छलफल गरेर आधिकारिक धारणा बनाउँछौं । अहिले थप प्रतिक्रिया दिन सकिने अवस्था छैन,’ अध्यक्ष सुवेदीले भने । उनले आफूहरूको माग विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने रहेको दोहोर्याए । मन्त्रिपरिषद् बैठकले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै शिक्षकहरूलाई आन्दोलन स्थगन गर्न आह्वानसमेत गरेको छ ।
शिक्षा/प्रविधि
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताकोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातानेपालमा मौरीको रानु उत्पादनमा ऐतिहासिक सफलता
द नेप्लिज संवाददाताकिटमा नेपाली विद्यार्थीको मृत्युमा शिक्षा मन्त्रालयको चासो
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares