विराटनगर– मोरङमा नागरिकताका लागि अनलाइन सिफारिस वडाबाट नै आइतबारदेखि सुरु हुँदै छ । अब वडा कार्यालयमा आवश्यक कागजपत्र सहित पुगे पछि अनलाइन मार्फत सिफारिस हुने छ ।
अन्य जिल्लाहरुमा यस अगाडि नै सुरु भइसकेको गृहमन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह् प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यहाँका १७ स्थानीय तहका १ सय ५९ वडामा एक साथ यो सेवा आइतबारबाट सुरु हुने बताएका छन् । सेवा सुरु गर्नका लागि वडा सचिव र वडामा कार्यरत सूचना प्रविधि पदमा कार्यरत कर्मचारीलाई तालिमलगायतको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताएका हुन् । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पर्न सहज हुने प्रजिअ यादवको भनाइ छ ।
यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिण्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।
नेपाल सरकारले चालू आर्थिक वर्षबाट देशभरिका वडा कार्यालयमार्फत केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सेवा सुरु गर्ने कार्यक्रम ल्याएको छ । यसअघि चितवन, स्याङजा, कैलाली, डडेल्धुरा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीलगायतका जिल्लामा यो सेवा लागु भइसकेको छ ।
समाचार
सरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददातास्थानीय सरकार
जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त विराटनगर महानगरको भवन प्रयोग योग्य
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares