काठमाडौँ — व्यवसायी तथा राजसंस्था पक्षधर अभियन्ता दुर्गा प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको घटनाका क्रममा ज्यान गुमाएका दुई नागरिकका परिवारलाई जनही पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
बुधबार सार्वजनिक गरिएको ८ मिनेट ३० सेकेन्डको भिडियो सन्देशमा प्रसाईंले आफू भागेको नभइ ‘जोगिएको’ दाबी गर्दै हाल नेपालमै सुरक्षित स्थानमा रहेको जानकारी दिएका छन् । 'भागेको होइन, जोगिएको मात्र हो’, भिडियोमा प्रसाईंले स्पष्ट रूपमा भनेका छन् । उनका अनुसार आफू नभएसम्म राजसंस्थाको पक्षमा भइरहेको अभियान र सम्भावित जनविद्रोह सफल हुन नसक्ने हुँदा आफूलाई सिध्याउने षड्यन्त्र चलेको छ ।
प्रसाईंले पेरूको विद्रोहको उदाहरण दिँदै ‘गोञ्जालोलाई पक्रेर मारेपछि त्यहाँको आन्दोलन सकियो, म त्यो हुन दिन्न’ भन्दै आफू सतर्क रूपमा नेपालमै बसेको बताए । उनले नेपाल प्रहरी प्रमुख दीपक थापालाई सम्बोधन गर्दै कानुनविद् स्वागत नेपाल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायत पाँच जना वकिल र पाँच जना मानवअधिकारकर्मीको रोहवरमा मात्र आफू सार्वजनिक हुन तयार रहेको घोषणा गरे ।
‘मेरो ज्यानको सुरक्षा सुनिश्चित भए २४ देखि ३६ घन्टाभित्र म सार्वजनिक हुनेछु,’ उनले भने । प्रसाईंले चैत १५ को घटनाबारे बोलेका छन् जसमा राजसंस्थाका पक्षधरहरूले राष्ट्रिय गान गाउँदै सभा गरिरहेका बेला टियर ग्यास र गोली प्रहार भएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘३ बजेर ७ मिनेटमा गर्ने भनिएको घोषणा बिथोलियो ।’ आफूलाई सिध्याउने प्रयासमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राजावादी भनिने एक नेतासमेत संलग्न रहेको आरोप पनि उनले लगाएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares