२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

नतिजा दिने योजनामै बजेट केन्द्रित गर्ने सरकारको घोषणा

द नेप्लिज संवाददाता
२८ वैशाख २०८२, आइतबार

काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट केवल पूर्वतयारी पूरा भएका र प्रतिफलमुखी आयोजनामा मात्र केन्द्रित हुने स्पष्ट पारेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक संरचनामा देखिएको विकृति अन्त्य गर्दै सार्वजनिक पुँजीगत खर्चको गन्तव्य पुनः निर्धारण गरिने बताए।

‘सार्वजनिक वित्त प्रणालीमा दीर्घकालीन सन्तुलन ल्याउन पूर्वतयारी र लगानी ढाँचा स्पष्ट भएका आयोजनामा मात्र बजेट विनियोजन गरिन्छ,’ उनले भने, ‘राष्ट्रिय प्राथमिकताका उच्च प्रतिफल दिने योजनामा सार्वजनिक ऋण परिचालन गरिनेछ।’

उनले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य मजबुत बनाइने तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागितामा सन्तुलित र समावेशी विकासको मोडेल अगाडि सारिने बताए। निजी क्षेत्रको वृद्धि र लगानी प्रोत्साहनका लागि कानुनी, संस्थागत र प्रक्रियागत सुधार निरन्तर गरिने उनको भनाइ छ ।

‘व्यवसाय गर्न सहज वातावरण बनाउन एकद्वार सेवा प्रणाली प्रभावकारी बनाइनेछ। साथै, जग्गा हदबन्दी, वन क्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका समस्या समाधान गरिनेछ,’ पौडेलले स्पष्ट पार्दै भने ।

बजेटका प्राथमिकतामा सामाजिक सुरक्षा कार्यक्रमलाई लक्षित वर्गकेन्द्रित, समन्यायिक तथा परिचयपत्रमा आधारित बनाउँदै लाभग्राहीको समेत योगदान सुनिश्चित गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० मंगलबार बिहान ११ बजे बस्नेछ।
 

प्रकाशित : २८ वैशाख २०८२, आइतबार 20:05

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved