२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

विराटनगर— चालु वर्षको वसन्त याममा सगरमाथासहितका विभिन्न २६ हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म कुल ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी उठेको हो। संकलित रकममध्ये सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ प्राप्त भएको विभागले जनाएको छ।

यस याममा सगरमाथा आरोहणका लागि मात्र ५७ देशका ४५ समूहले अनुमति लिएका छन्। ती समूहमा ८४ जना महिला र ३७२ जना पुरुष गरी ४५६ जना आरोही सहभागी छन्।

वसन्त याममा अहिलेसम्म ११९ आरोहण समूहबाट १ हजार १२७ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। तीमध्ये २४० महिला र ८८७ पुरुष छन्।

सगरमाथापछि आमादब्लम, ल्होत्से, मकालु, कञ्चनजङ्घा, नुस्से र अन्नपूर्णमा सबैभन्दा धेरै आरोही आकर्षित भएका छन्। आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा ९ समूहका १०७, मकालुमा ८ समूहका ७९, कञ्चनजङ्घामा ७ समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ जना आरोही छन्।

पर्यटन विभागले आरोहण अनुमति दिन क्रम जारी रहेकोले आगामी दिनमा संख्यामा वृद्धि हुने अनुमान गरेको छ। वसन्त यामलाई हिमाल आरोहणको अनुकूल समय मानिन्छ।

# सगरमाथा

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 08:14

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved