विराटनगर– काठमाडौँको माइतीघर–बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलनले सार्वजनिक यातायात प्रभावित बनेको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।
महासंघले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सडक अवरोध तत्काल हटाउन माग गरेको छ । महासंघका महासचिव भरत नेपालले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।
‘हामीले सीडीओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँले गृह मन्त्रालयबाट जवाफ आएपछि खबर गर्ने बताउनुभयो,’ नेपालले भने, ‘१७ दिनदेखि यातायात मजदुर र यात्रुहरू समस्या भोगिरहेका छन् । यसरी सडक बन्द गर्न पाइँदैन ।’
महासंघले आइतबारसम्म सडक खुला नभए आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ । महासचिव नेपालले भने, ‘आइतबार पनि सडक खुला नभए अप्रत्यासित रूपमा गाडी सडकमै तेस्र्याउनेछौँ ।’ नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन अन्तर्गत १७ दिनदेखि दिनहुँ दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर–बानेश्वर सडकमा धर्ना तथा प्रदर्शन भइरहेको छ । उक्त अवधिमा सवारीसाधन सञ्चालनमा अवरोध हुने गरेको छ भने सर्वसाधारणलाई पनि आवागमनमा सास्ती छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares