विराटनगर– घरको सबैभन्दा पवित्र र सुरक्षित स्थल हो पूजा कोठा । हत्या पछि त्यहाँ खाल्डो खनी गाडेको अवस्थामा गृहिणीको शव फेला पर्नुले निःसन्देह स्तब्ध बनाउँछ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा प्रहरीले उत्खनन गरी शनिबार दिउँसो निकालेको छ । प्रहरीका अनुसार दश महिनाकी छोरीलाई लिएर अञ्जलीदेवीको श्रीमान हरेराम फरार छन् ।
स्थानीयका अनुसार अञ्जली गर्भवती थिइन् । तर हत्याको कारण र उनी गर्भवती भए, नभएको पोष्टमार्टम पछि मात्रै ठोकुवा हुने प्रहरीले भनेको छ । यादव दम्पतिको घरबाट दुर्गन्ध आइरहेकोले शनिबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उक्त घरमा ताला लागेको थियो । स्थानीयको उपस्थितिमा घरको ढोका खोल्दा दुर्गन्ध फैलिएको थियो । कुल देउता राखिएको पूजाकोठामा खनेको तथा शंकास्पद देखिएपछि केही गाडेको देखिन्थ्यो । स्थानीय जनप्रतिनिधिको रोहबरमा बिहान सवा एघार बजेदेखि प्रहरीले खन्न सुरू गरेको थियो । प्रहरीले दिउँसो १ बजे कुहिएको अवस्थामा अञ्जलीको शव निकाले पछि स्थानीय चकित परेका थिए ।
आठ दिन पहिले नै अञ्जलीको हत्या गरी हरेरामले पूजाकोठाभित्र गाडेको स्थानीयले आशंका गरेको छ । प्रहरीका अनुसार पोष्टमार्टमका लागि अस्पताल पठाइसकेको हुँदा रिपोर्ट आए पछि कसरी हत्या भएको थियो भन्ने खुल्ला । हरेरामका छिमेकीका अनुसार गत शनिबार अञ्जलीसँग हरेरामको झगडा भएको थियो । हरेरामले त्यही दिन श्रीमती अञ्जली घर छोडेर भागेर गएको छिमेकीहरुको हल्ला गरेका थिए । तीन दिन पछि हरेराम पनि दश वर्षीया छोरी सहित भागेको स्थानीयले प्रहरीलाई बताएका छन् । फरार हरेराम र नाबालिका छोरीको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares