तस्बिर : ग्लोबल प्रेस जर्नल
विराटनगर- गरिराखेको कामलाई पनि प्रशिक्षणले झनै तिखार्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिष्ट गाइडदेखि बारटेन्डिङसम्म ३६० जनालाई दिन लागेको तालिम पनि इच्छुकका लागि यस्तै सुन्दर अवसर हो ।
गोरखापत्रमा बुधबार सूचना प्रकाशित गरेर नाथमले टुरिस्ट गाइडमा २०० जना, कुकमा ४० जना, बेकरीमा ४० जना, बारिस्टामा ४० जना र बारटेन्डिङमा ४० जनालाई तालिमका लागि दरखास्त आह्वान गरेको छ ।
तालिम अवधी पनि छोटै छ । टुरिस्ट गाइडमा दस साता, कुकमा तीन महिना तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि एक-एक महिनाको रहने नाथमले भनेको छ।
तालिम शुल्क टुरिस्ट गाइड र कुकका लागि २५/२५ हजार तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि २०/२० हजार रुपैयाँ तय गरिएको छ।
टुरिस्ट गाइडका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह तोकिएको छ । बाँकी चार विधाका लागि एसइई वा सोसरह निर्धारण गरिएको छ।
तालिमका लागि दरखास्त दस्तुर ५०० रूपैयाँ तोकिएको छ। रुची भएका र योग्यता पुगेकाहरूले अनलाइनमार्फत फाराम भर्न सक्छन्।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares